३० आश्विन २०८३, शुक्रबार

यूएई एक्सचेन्जबाट नेपाल पैसा पठाउदा शुल्क नलाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uae EX– निमकान्त पाण्डे
दुबई, १६ वैशाख । नेपालमा गएको महाभूकम्पलाई मध्यनजर गर्दै नेपाल पैसा पठाउनका लागि यूएई एक्सचेन्जले नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै निःशुल्क सेवा सुरु गरेको छ ।

यो सेवा सुरु भैसकेको र आउदो मे महिनाको २७ तारिक सम्मका लागि पैसा पठाउनलाई निःशुल्क गरेकोले एक्सचेन्जका जबल अली साखा मेनेजर हरि प्रसाद शर्माले बताए ।

नेपाली ग्राहकहरुलाई यूएई एक्सचेन्जबाट नेपालको कुनै पनि ठाउमा तुरुन्तै रकम पाउने गरि अनलाईन पैसा पठाउने सेवा, साथै खातामा पैसा पठाउने सेवा यूएई एक्सचेन्जको कुनै पनि शाखाहरुबाट निःशुल्क सेवाको फाईदा लिई नेपाल पैसा पठाउन सकिने छ ।