
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की सुनिता डंगोलले तेब्बर भन्दा धेरै मतले अग्रता कायम राखेकी छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखिरहँदा उपमेयरमा डंगोलले फराकिलो मतान्तरले अग्रता लिइरहेकी छन् ।
हालसम्म काठमाडौँमा ४ हजार ४४४ मत गणना सकिँदा सुनिताले १७४३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, सत्ता गठबन्धनका नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा राप्रपाले ४१३ मत प्राप्त गरेको छ । उपमेयरका सबै प्रत्याशीहरुको जोड्दा पनि सुनिता अग्रस्थानमा छिन् ।















प्रतिक्रिया