
काठमाडौँ, ३१ वैशाख । झापाको विर्तामोड नगरपालिकास्थित मतगणनाका क्रममा तनाव उत्पन्न भएको छ ।
मतगणना स्थल बाहिर नाराबाजी भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् ।
यद्यपि निर्वाचन आयोगले भने यसले मतगणनालाई कुनै समस्या नपारेको जनाएको छ ।
स्थानीयले चाहिँ मतगणनामा धाँधली गर्न खोजिएको आरोप लगाएका छन् ।















प्रतिक्रिया