
काठमाडौँ, ३० वैशाख । हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ ।
४ वटा स्थानीय तह रहेको मनाङमा शुक्रबार बेलुका ८ बजेदेखि मतगणना सुरु गरिएको हो ।
मतगणना सकिएसँगै सर्वदलीय बैठक बसी परिणाम सार्वजनिक गरिने जनाइएको छ ।
मतगणनास्थलमा तारजालीसहित सीसी क्यामरा जडान भएको छ ।
२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२.६० प्रतिशत मत खसेको हो ।















प्रतिक्रिया