
काठमाडौँ, ३० वैशाख । टोखा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । मतदान बिहान ७ बजेदेखि देशभरका मतदान केन्द्रसँगै एकसाथ मतदान सुरु भएको हो ।
आफ्ना जनप्रतिनिधि चुन्न मतदाताहरु बिहानैदेखि लामबद्ध भएर मतदान गरेका थिए । टोखा नगरपालिकाका धेरै जसो मतदाताले यसपाली सक्षम उम्मेदवारलाई मतदान गरेको प्रतिक्रिया दिएका छन् ।
आज बिहान ७ बजेदेखि सुरु भएको साँझ ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेर मतदाताहरुले नियम पुर्वक पालना गरि आफ्नो अमुल्य मत दिएका थिए । देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

टोखा नगरपालिकामा आज सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ जिल्ला टोखा नगरपालिका अन्तर्गत मतदान केन्द्रहरुमा मतदान अधिकृत,सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरु गरि १९५ जना कर्मचारी खटाईएको थियो भने टोखा नगरपालिकामा ४० वटा मतदान स्थलहरुमा हरेक मतदान केन्द्रमा ५ जना कर्मचारीहरु खटिएका थिए ।
टोखा नगरपालिकामा रहेका ३४ हजार ६७६ कुल मतदाता संख्यामध्ये २५ हजार ५४५ जनाले मतदान गरेका छन् । टोखा नगरपालिकामा कुल मतदाताको ७३.६६ प्रतिशत मत खसेको छ ।
यसै क्रममा टोखा नगरपालिकाको नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुले अवस्था बुझ्न नगरका सबै मतदान स्थल पुगेका थिए ।
















प्रतिक्रिया