
धनगढी, ३० वैशाख । धनगढी उपमहानगरपालिकाको मतगणना शनिबार विहानदेखि सुरु हुने भएको छ ।
मतपेटिका संकलनमा समय लाग्ने भन्दै भोलि बिहानबाट मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ ।
सर्वदलीय बैठक बसेर शनिबार विहानदेखि मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि आज मतदान सम्पन्न भएको छ । उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ ।
मतगणना उपमहानगरपालिकाको नयाँ भवनमा हुने जनाइएको छ ।















प्रतिक्रिया