७ कार्तिक २०८३, शनिबार

सकियो मतदानको समय, लाइन लागिसकेकाहरूले भोट हाल्न के गर्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो । समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् ।

निर्वाचनका क्रममा आज देशभर ६७ ठाउँमा झडप भएको छ । निर्वाचन पुनःशुरू भएलगत्तै दोलखा, रामेछाप, रुकुमपश्चिम, धनुषा, पर्सा, डोल्पा, गोरखालगायतका जिल्लाहरूमा धेरै झडप भएका थिए ।

निर्वाचन आयोगले आज साँझबाट नै मतगणना गर्ने गरी तयारी थालेको छ ।