२९ आश्विन २०८३, बिहिबार

भारतमा नेपाली खेलाडीले कराँतेका १६ पदक जिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

black beld photo– अर्जुन सिंह
महेन्द्रनगर १६ वैशाख । भारतको राजस्थानमा भएको नेपाल भारत इण्डो नेपाल कराँते प्रतियोगितामा नेपाली खेलाडीहरुले १६ पदक हात पारेका छन् ।

गत २५ र २६ गते भएको नेपाल-भारत ईण्डो कराँते प्रतियोगितामा कञ्चनपुर र डोटीका खेलाडी र प्रशिक्षक सहितको २२ जनाको टोली प्रतियोगिताका लागी राजस्थान गएको थियो ।

महिला र पुरुष तर्फ सात/सात जनाले स्वर्ण पदक जितेका छन् । भारत राजस्थानको श्रीनगरमा अल इन्डीया सितोरियो कराँते अर्गनाइजेसनको आयोजनामा भएको प्रतियोगितामा भारत र नेपालका गरि दुई सय बढी खेलाडीको सहभागिता रहेको कराँते प्रशिक्षक जमुना बस्नेतले जानकारी दिनुभायो ।

प्रतियोगितामा नेपालका तर्फबाट विभिन्न तौल समुहका सात जना महिला र ११ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो । विभिन्न तौल समुहका खेलाडी मध्येमा १४ स्वर्ण पदक र ४ कास्य पदक जितेका छन् । पुरुष तर्फको खेलमा २५ किलाग्राम तौल समुहका आशिस केसी, ३० किलोग्रामका मनोज विष्ट, ३५ किलोग्रामका अभिषेक जोशी, ४० किलोग्रामका सिद्धराज टमटा, ५० किलोग्रामका आशिष धामी, ५५ किलोग्रामका दिपक भण्डारी र ६० किलोग्रामका दामोदर पन्तले स्वार्ण पदक हात पारेका छन् ।

यस्तै, महिला तर्फको खेलमा २५ किलोग्राम तौल समुहकी सम्झना तिरुवा, ४० किलोग्राममा रिना चुनारा, ४० किलोग्राममै लक्ष्मी विष्ट, ४५ किलोग्राममा आरती देवल, ५० किलोग्राममा सुनिता सुनार, ५५ किलोग्राममा विमला क्षेत्री र ६० किलोग्राम तौल समुहकी निशा ऐरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेका छन् ।

बेला बखत भारत र नेपालमा हुदै आएको यस प्रकारको प्रतियोगिताहरुले खेलाडीहरुमा निकै उत्साह ल्याएको कराँते प्रशिक्षकहरुको बुझाई रहेको छ ।