
काठमाडौँ, ३० वैशाख । सिन्धुपाल्चोकको मेलम्ची–४ ज्यामिरेमा मतदानका क्रममा तनाव भएको छ ।
मतदान सुरु भएको केहीबेरमा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तनाव उत्पन्न भएको हो ।
ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले हतियार तेर्स्याएर स्थिति नियन्त्रणमा लिएको थियो ।
हाल त्यहाँको स्थिति सामान्य भइसकेको जनाइएको छ ।















प्रतिक्रिया