
दोलखा, ३० वैशाख । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ को मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन ।
गएरातिदेखि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय झडप हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।
उनीहरुबीच शुक्रबार विहानै पनि झडप भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाप्रसाद न्यौपानेले जनाएका छन् ।
अहिले सर्वदलीय बैठक बसेर मतदानका लागि प्रयास भइरहेको जनाइएको छ ।
त्रिपक्षीय झडप नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान पनि मतदान सुरु हुन लागेकै बेला झडप भएको थियो ।
त्यस्तै, माओवादी, कांग्रेस लगायतले बुथ क्याप्चर गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो ।
यहाँ प्रत्येक चुनावमा बुथ कब्जा हुँदै आएको छ ।
उता सधैं बुथ कब्जा हुने तामाकोसीका मतदान केन्द्रमा भने शान्तिपूर्वक मतदान भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया