
चितवन, ३० वैशाख । चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र माओवादी नेता रामचन्द्र अधिकारी नगदको झोलासहित बिहीबार राती पक्राउ परेका छन् ।
उनीहरुलाई प्रहरीले राती पक्राउ गरी गीतानगर प्रहरी चौकीमा राखिएकोमा अहिले बिहान भरतपुर प्रहरी परिसरमा ल्याइएको छ । अब उनीहरुमाथि प्रहरीले मुद्दा चलाउँछ चलाउदैन भन्नेमा आशंका व्यक्त गरिएको छ ।
यसअघि स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गठबन्धनका नेताहरु पैसा बाँड्न हिँडेका बताएका थिए । त्यस्तै, निर्वाचनको दिनको अघिल्लो दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेपाल सरकारका ३ जना मन्त्रीहरुले खुलआम रुपमा मतदातालाई प्रभाव पार्ने कार्य गरेका थिए ।















प्रतिक्रिया