७ कार्तिक २०८३, शनिबार

लमजुङमा काँग्रेस उम्मेदवारलाई जनताले समातेर प्रहरीलाई बुझाए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २९ वैशाख । बेसीशहर नगरपालिकामा काँग्रेसका उम्मेदवारलाई जनताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा बेसीशहर नगरपालिका-२ का वडाअध्यक्षका उम्मेदवार बुद्धिविक्रम शाही, वडा सदस्यका उम्मेदवार अर्जुन खड्का, शोभाकर बराल, राजाराम थापालगायत छन् ।

बेसीशहर नगरपालिका २, बानियागाउँभन्दा मुनी दलित समुदायलाई बिहीबार राती पैसा, चामल, लुगाफाटालगायत वितरण गरिरहेको अवस्थामा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

प्रहरीले मौन अवधिमा निर्वाचन आचारसंहिता बिपरित सामग्री लिएर वितरण कार्यमा संलग्न व्यक्तिहरु साथै उनीहरुले प्रयोग गरेको बा–०१–०२५–च स्कोरपियो समेत नियन्त्रणमा लिएको छ ।

लमजुङका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको दैनिक नेपाललाई जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धान गरे पनि पक्राउ परेकाहरूलाई छाड्न काँग्रेसले चर्को दबाब दिइरहेको छ।