७ कार्तिक २०८३, शनिबार

दोलखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दुई जना गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । दोलखाको तामाकोशी गाउँपालिका – ३ छौडेमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झगडा हुँदा भएको झडपमा २ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो तीन बजेतिर भएको घटनामा ललितपुर महानगरपालिका –१० का २१ वर्षीय समिर शाही र दोलखा तामाकोशी–३ का ३० वर्षीय दीपक पोखरेल गम्भीर घाइते भएका छन् ।

शाहीको कम्मरमा आठ टाँका र हातको पातामा सात टाँका लगाइएको छ । उनको स्वास्थ्य चौकी जफेमा उपचार भइरहेको छ ।

त्यस्तै, पोखरलेको दुवै खुट्टाको तिघ्रामा धारिलो हतियार प्रहार गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि चरिकोट ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा मकवानपुर हेटौँडाका रविन दाहाल र ललितपुर – १० का मिलन शाहीलाई पक्राउ गरेको छ ।