७ कार्तिक २०८३, शनिबार

पुर्वमन्त्री बस्नेत चढेको गाडी एम्बुलेन्ससँग ठोक्किँदा १० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, २९ वैशाख । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएका छन् ।

उनका अनुसार तुलसीपुर उपमहानगर–३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा सांसद बस्नेतसहित चालक रमेश ओली र महेश घर्ती घाइते भएका छन् भने एम्बुलेन्समा सवार रुकुम पश्चिमका कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, श्यामप्रसाद शर्मा, राधिका शर्मा पुतली खत्री, सुभाष शर्मा र शम्भुप्रसाद शर्मा घाइते भएका छन् ।

घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।