७ कार्तिक २०८३, शनिबार

सुनसरीका ३ नगरपालिका र ४ गाउँपालिका निषेधाज्ञा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । सुनसरीका ७ वटा स्थानीय तहमा निषेधाज्ञाको आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको हो ।

सीमावर्ती क्षेत्रका स्थानीय तहमा सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजलाई विहिबार राती ८ बजेदेखी मतदानको दिन विहान ५ बजेसम्मको लागि पुर्ण निषेध घोषणा गरिएको छ ।