७ कार्तिक २०८३, शनिबार

पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेको गाडी एम्बुलेन्ससँग ठोक्किंदा १० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २९ वैशाख । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ।

दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको हो।