७ कार्तिक २०८३, शनिबार

लमजुङमा आफ्ना उम्मेदवारमाथि आक्रमण भएकोमा एमालेको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २९ वैशाख । नेकपा (एमाले) लमजुङले आफ्ना उम्मेदवारहरूमाथि आक्रमण तथा चरित्रहत्या भएको भन्दै आपत्ति जनाएको छ ।

मौन अवधि सुरु भइसक्दा पनि सत्ता गठबन्धनका कार्यकर्ताले नेकपा (एमाले)का उम्मेदवारलाई विभिन्न वहानामा सांघातिक हमला र सामूहिक आक्रमण भएकोमा एमाले लमजुङले विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरण सम्पन्न गर्ने कार्यमा सहयोग पुग्ने कुरामा आश्वस्त हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, तत्काल यस्तो कार्य गर्नेप्रति छानबिन र दोषीमाथि कडा कारबाही गर्न एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनका अनुसार, दुधपोखरी, चिती लगायतका ठाउँमा एमाले कार्यकर्तामाथि आक्रमण र चरित्रहत्या भएको छ ।

हेर्नुस् विज्ञप्ति