७ कार्तिक २०८३, शनिबार

मौन अवधिमा पैसा बाँडिरहेको अवस्थामा माओवादी नेता रंगेहात समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

वुटवल, २९ वैशाख । लुम्बिनी प्रदेशको रूपन्देहीमा मौन अवधिमा पैसा बाँड्न हिडेँका माओवादी नेता विनोद पहाडी जनताबाट समातिएका छन् ।

संविधानसभा सदस्य समेत रहेका माओवादी केन्द्रका नेता पहाडी मतदातालाई पैसा बाडिरहेको अवस्थामा रंगेहात फेला परेको स्थानीयले बताएका छन ।

बुधबार साँझ पैसा बाड्दै गरेका पहाडीलाई स्थानीय युवाहरुले समातेर प्रहरीको जिम्मा लगाएका थिए । पहाडीको साथबाट लाखौँ रूपमा बरामद भएको भए पनि त्यसबारे प्रहरीले केही बताएको छैन ।