
काठमाडौं, २९ वैशाख। शुक्रबार हुने स्थानीय निर्वाचनको मौन अवधिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा सार्वजनिक अपिल जारी गरेका छन्।
मतदाता भड्काउनका लागि यस्ता बेला अनेक चलखेल हुनेबारे सचेत गराउँदै उनले मौन अवधिको पालना गर्नका लागि अपिल जारी गरेका हुन्।
‘मौन अवधि चलिरहेको छ। यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला’, ओलीको अपिलमा भनिएको छ,‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला।’















प्रतिक्रिया