१ कार्तिक २०८३, आइतबार

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४(२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समयको खेल २९२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो ।

इन्टरका लागि निकोला बरेला,हाकन गोल गरे । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे । युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे ।

इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो । –एजेन्सी