७ कार्तिक २०८३, शनिबार

आयोगको नयाँ निर्णयः पत्रकारलाई विशेष पास नचाहिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । शुक्रबार हुने स्थानीय तह निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । अब पत्रकारले सूचना विभागको पासकै आधारमा सवारी चलाउन पाउनेछन् ।

नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनु पर्ने छैन ।

यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ ।