७ कार्तिक २०८३, शनिबार

के मदिरा खाएर गएमा भोट हाल्न पाइन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । मदिरा खाएर गरी भोट हाल्न जानेलाई निर्वाचन आयोगले केन्द्रमा प्रवेश निषेध गरेको छ।मतदाता नामावलीमा नाम भए पनि मदिरा सेवन गर्नेलाई मताधिकारबाट आयोगले वञ्चित गर्ने बताएको हो।

मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील पदार्थ लैजना पनि निषेध गरेको छ।

एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायत कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु पनि लैजान नपाइने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ।