
बुटवल, २८ वैशाख । मौन अवधिका बेला मतदाता भेट्न पुगेकी बुटवल उपमहानगरमा एमालेबाट मेयर उम्मेदवार बावुराम भट्टराई पत्नीलाई गठबन्धनको कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेर आफन्तलाई बुझाएको छ ।
बुटवल ११ टपमजुवामा आफन्त समेत पर्ने लिला अर्याललाई भेटन पुगेकी भट्टराई पत्नी माया भट्टराईलाई गठबन्धन निकट कार्यकर्ताहरुले घेराउ गरेपछि प्रहरीले उद्दार गरेको जनाएको छ ।
प्रहरी कार्यालयबाट घर पुगे लगत्तै श्रीमती भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै आफु मानविय नाताले कपिलवस्तुका एमाले नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गएको बेला आफुलाई कांग्रेस कार्यकर्ताहरुले घेराउ गरेको बताएकी छिन् ।
उनले आफुसंगै गएकी लक्ष्मी भट्टराईको घरभाडा उठाउन भाडावाल रुपा थापाको घरमा बसिरहेका बेला आफुहरुलाई घेराउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया