१४ कार्तिक २०८३, शनिबार

महासचिवको नेतृत्वमा एमालेले बनायो ‘पीडित तथा राहत केन्द्रीय समन्वय समिति’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, १८ वैशाख । नेकपा एमालेले उच्चस्तरीय भुकम्प पीडितहरुको राहत तथा उद्धारका .लागि उच्चस्तरीय समिति गठन गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलको संयोजकत्वमा ‘भुकम्प पीडित तथा राहत केन्द्रीय समन्वय समिति’ गठन भएको हो ।

‘समितिले सरकार र भुकम्प पीडित जिल्ला सभासद्हरुसँग समन्वय गरी पीडितहरुको राहत तथा उद्धारमा सहयोग पु¥याउने छ,’ सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एमाले मुख्यालय भत्किएपछि मुख्यालयको चौरमा बसको एमाले सचिवालयको बैठकले बुधबार भुकम्प पीडित जिल्लाका सभासद्हरुको उपस्थितिमा बैठक राख्ने निर्णय समेत गरेको छ ।

‘बुधबारको बैठकले भुकम्प पीडित जिल्लाका सभासद्लाई आ–आफ्नो जिल्ला वा क्षेत्रमा गएर राहत तथा उद्धार गर्न निर्देशन दिने छौँ,’ भट्टराईले भने, ‘भुकम्प पीडितहरुको राहत तथा उद्धारका लागि हामीले कृषि विकास बैंङ्कको कालीमाटी शाखामा ०२१०३००७१७९१७०१० नम्वरको चल्ची खाता खोलेका छौँ, त्यहाँ सहयोग गर्न इच्छु्क एमाले कार्यकर्ता वा सुभेच्छुकहरुले सहयोग गर्न सक्नु हुनेछ ।’

त्यसैगरी बैठकले नेकपा एमालेको प्रवास कमिटी र विभिन्न जनवर्गीय संगठनहरुलाई पनि राहत तथा उद्धारमा आ–आफ्नो क्षेत्रबाट खटिन आग्रह गरेको छ ।

भुकम्प पीडित तथा राहत केन्द्रीय समन्वय समिति सदस्यमा एमाले उप–महासचिवद्वय घनश्याम भुषाल र विष्णु पौडेल रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा सचिवहरु योगेश भट्टराई, प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वी सुव्बा गुरुङ्, भीम आचाार्य रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सचिवालयका कृष्णगोपाल श्रेष्ठ, गंगा तुलाधर, पोलिट्व्युरो सदस्यहरु भानुभक्त ढकाल, छविलाल विश्वकर्माका साथै, सुर्य थापा, सुजिता शाक्य, अग्नी खरेल, उपत्यका इञ्चार्ज सानु श्रेष्ठ, सह–इञ्चार्ज, जीवनराम श्रेष्ठ, वागमती इञ्चार्ज अरुण नेपाल, सह–इञ्चार्ज शेरबहादुर तामाङ्, गण्डकी इञ्चार्ज जगत विश्वकर्मा, सहइञ्चार्ज मायानाथ अधिकारी, नारायणी इञ्चार्ज केदार न्यौपाने, सह–इञ्चार्ज विरोध खतिवडा लगायत रहेका छन् ।