७ कार्तिक २०८३, शनिबार

भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका बेला पश्चिम सेती जलविद्युत सम्झौता गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएको पश्चिम सेती जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने सरकारले तयारी गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै उक्त सम्झौता हुन लागेको जानकारी गराएका छन्। ७५० मेगावाट क्षमता रहेको जलविद्युत निर्माणको सम्झौता बुद्ध जयन्तीका बेला लुम्बिनी पुग्नेगरी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा हुने बताइएको छ।

चिनियाँ कम्पनीले निर्माण गरेको जलविद्युत आयोजना भारतले खरिद गर्न नचाहने भएकाले भारतीय कम्पनीलाई नै दिने तयारी भएको देउवाले खुलासा गरेका थिए।