
-प्रतिक पौडेल
भैरहवा, २७ वैशाख । २०७४ को स्थानिय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बाट विजयी भएका वडाध्यक्ष हुन् दिपक कुमार थापा ।
वि सं २०२७ मंसिर १ गतेका दिन सिद्धार्थनगर नगरपालिका वडा नं २ मै जन्मिएका थापाले २०७४ मा निर्वाचनमा भाग लिएको पहिलो पटक भने थिएन । उनले २०५४ को स्थानिय निकायको चुनावमै वडा नं २ को वडा अध्यक्षको निर्वाचनमा केवल १६ मत कम पाएर पराजित हुनुपरेका थियो ।
२०७४ को निर्वाचनमा वडा नं २ मा १८ सय ३० मतदाता थिए अहिले बढेर २५ सय ४६ पुगेका छन् । २०७४ मा दिपकले ३ सय ७८ मत ल्याएर बिजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका सुनिल पुनले ३ सय ५४ मत ल्याएका थिए ।
दिपकले २४ मतले बिजयी हासिल गरेका थिए । उनका अन्य प्रतिद्वन्दीमा राप्रपाका छेदिलाल श्रीवास्तवले २ सय ८१, लोकतान्त्रीक फोरमका दिलिप कहारले २ सय १७ र नेपाली कांग्रेसका जगजिवन पाठकले १ सय ७१ मत ल्याएका थिए ।
दिपकका अनुसार यस पटकको निर्वाचनमा १ सय भन्दा बढि मतान्तरले बिजयी हासिल गर्नेछु । थापा वडा अध्यक्षमा बिजयी हुने कुरामा ढुक्क छन् ।
उनको अनुहारमा कुनै डरको संकेतनै देखिदैन । थापा फेरी पनि वडा अध्यक्ष निर्वाचित हुने कुरामा निर्धक्क छन् । उनि भन्छन् मैले वडा अध्यक्ष भएर गरेको काम र मेरो पार्टी नेकपा एमालेको संगठन तथा कार्यकर्ताले मलाई जिताउछन्, म चुनाव १ सय बढि मतान्तरले जित्छु ।
दिपकका अनुसार यसपटकको निर्वाचनमा मेरो उम्मेद्धारी विशेष गरी यस स्थानका युवाहरुलाई सरोजगार बनाउनु हो । दिपकले आफ्ना केही जित्ने आधारहरु समेत बताए । उनले यस वडाका युवाहरुलाई सरोजगार बनाउने लागी हामिले ड्राइभिङ तालिम लाई प्राथमिकतामा राख्ने जानकारी दिए ।
दिपकका अनुसार उनले चारवर्षको अवधिमा वडा नं २ मा ८० प्रतिशत पूर्वाधारका कामहरु सम्पन्न्न गरेका छन् । दिपकले सामाजिक कामलाई पनि अग्रपन्थीमा राखेर प्राथमिकता साथ वृदा वृद्धाका लागि लक्षित कार्यक्रमहरु गरेको जानकारी दिए । दृष्टीबिहिनहरुका लागि निशुल्क आखाको उपचारका लागि आफुहरुले पहल गरेको थापाले बताए ।
थापाले शिक्षाको क्षेत्रमा पनि आफुहरुले काम गरेको जानकारी दिए । वडाको चौतर्फि बिकासको लागी आफुले धेरै काम गरेको हुनाले वडावासीले आफुलाईनै रोज्ने दावी गरे ।
थापाले खेलकुद क्षेत्रमा पनि आफुले कार्यक्रमहरु गरेको बताए । दिपकका अनुसार आफु निर्वाचित भए आगामी दिनमा खेलाडीहरुलाई तालिमको अवशर प्रदान गरेर राष्ट्रिय स्तर सम्म पुर्याउन सहयोग पुर्याउने योजना छ ।
थापाले भने गत निर्वाचन पछि मैले गरेका चौतर्फी विकासका कामहरु र पार्टीमा रहेका सक्रिय, इमान्दार कार्यकर्ताका कारण यस वर्ष पनि मेरो जित सुनिश्चित रहको म देख्छु ।
दिपकका अनुसार चुनाव होस या खेल अथवा जुन सुकै क्षेत्रमा पनि प्रतिस्पर्धा हुन्छ, र त्यो हुनु पनि पर्छ तर नेकपा एमालेमा रहेका कार्यकर्ता, सिद्धान्त, पार्टीको इतिहास र मेरो कामले गर्दा पनि मैले कसैलाई मेरो प्रष्तिस्पर्धीको रुपमा देखेको छैन । मैले आफुलाई अपग्रेड भएको देखेको छु ।















प्रतिक्रिया