७ कार्तिक २०८३, शनिबार

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २६ बैशाख । भरतपुर महानगरपालिका-१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।

सोही महानगरपालिका-७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २ र ३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।