
झापा, २६ वैशाख ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधिन योजना दमक भ्युटावर एउटा बहुचर्चित आयोजना मध्येको हो ।
ओलीलेनै पहिलो पटक प्रधानमन्त्री भएका बेला दमक ३ मा यसको शिलान्यास गरेका थिए । विपक्षीहरुले दमकका किन अर्वौ योजनाको भ्यु टावर चाहियो भनेर पटक पटक प्रश्न गरि रहेका छन् । तर अहिले उनै ओलीको गृहनगर दमकबाट स्थानाीय तहको निर्वाचनको संघारमा एमालेले त्यसको उत्तर दिएको छ ।
भ्यु टावरको औचित्य के ?
नेकपा एमाले नगर कमिटी दमकले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा दमकमा भ्यु टावर किन भन्ने सवाललाई जवाफ दिने प्रयास गरेको छ ।
दमकमा निर्माणाधिन दमक चक्रपथका विभिन्न विन्दूमा पर्यटकीय स्थलहरुको विकास गर्ने एमाले दमकले जनाएको छ । दमक चक्रपथलाई पर्यटकीय चक्रपथको रुपमा विकास गर्ने र दिर्घकालिन रुपमा यसलाई नगरको सौन्दर्य, पर्यटन र आम्दानीको श्रोतको रुपमा विकास गर्ने एमालेले जनाएको छ ।
एमालेको तर्फबाट स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बनेकी गीता अधिकारी चक्रपथमा पर्ने विभिन्न स्थानहरुमा पर्यटकीय गन्तव्यहरुको विकास गरिने बताउँछिन् । दमक १० को ईन्द्रेणी ताल, दमक ३ को जामुने सिमसार, धिमाल होमस्टे, शहिद वन वाटीका, मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला, शरणार्थी संग्रालय, दमक ८ को रातेहोली संरक्षण क्षेत्र जस्ता स्थानहरुलाई पर्यटकीय पोईन्टको रुपमा विकास गर्ने उनले बताएकी छन् ।
यस्तै दमक १० मा आधारीत रहेर निर्माण शुरु भएको चाईना नेपाल फेण्डशिप ईण्ड्रटीयल पार्क, विराट बुद्धमूर्ती जस्ता योजनाहरुलाई पनि दमकको पर्यटन पथमा जोड्ने लक्ष्य रहेको दमक नगर कमिटी उपसचिव सन्तोस दूलाल बताउँछन् । दमकमा भ्युटावरको औचित्य के हो भन्नेहरुलाई यसको उत्तर थाह पाउन निर्माण पूरा भए सम्म धैर्य गर्न उनको आग्रह छ ।
रोजगारीमा अग्राधिकार
भ्युटावर, औद्योगीक पार्क, वुद्धमूर्ती तथा पार्क, दमक सभा गृह जस्ता वृहत योजनाहरु कार्यान्वयन गर्दा रोजगारीको अवसरमा स्थानीयलाई अग्राधिकार दिनु पर्ने एमालेको प्रस्ताव छ । यि योजनाहरु पूरा भए पछि डेढ लाख भन्दा बढि व्यक्तिले रोजगारीको अवसर पाउने दावि गरिएको छ ।
तर कम्तिमा २५ प्रतिशत रोजगारीको अवसर स्थानीयले पाउने पर्ने एमालेको धारणा रहेको एमालेको स्थानीय प्रतिवद्धता पत्रमा उल्लेख छ । सवालाख जनसंख्या भएको नगरमा ४० हजार हाराहारीमा रोजगारीका सिर्जना हुनुले नगरको आर्थिक विकासमा महत्वपूर्ण अर्थ राख्ने एमालेको धारणा छ ।















प्रतिक्रिया