७ कार्तिक २०८३, शनिबार

आफैँले पालेको राँगाले हान्दा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ वैशाख । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

थप घटना हुन नदिनका लागि प्रहरीले राँगोलाई गोली हानेर मारिएको छ । सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।