७ कार्तिक २०८३, शनिबार

जुम्लामा ४९६ कर्मचारी निर्वाचनमा खटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, २५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४९६ कर्मचारी खटिएका छन् । दुई सय चार मतदान अधिकृतसहित सो सङ्ख्यामा कर्मचारी खटिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका ७९ मतदानस्थल र १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत खटिने कर्मचारीसमेत छनोट गरिएको छ । जसमा छ महिला निर्वाचन अधिकृत खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाँच सयभन्दामाथि मतदाता भएका मतदान केन्द्र पाँच र ५०० भन्दा मुनी मतदाता भएका केन्द्रमा चार कर्मचारी खटाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लामा ८८ मतदान केन्द्र ५०० भन्दा बढी मतदाता सङ्ख्या रहेको छ । सो सङ्ख्यामा १४ वटा केन्द्रमा मतदाता कम रहेको छ । सोही मापदण्डअनुसार जिल्लामा कर्मचारी परिचालन हुने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रत्येक केन्द्रमा कर्मचारीसहित तीन स्वयंसेवक खटिने भएका छन् । अधिकृत र सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।–रासस