२८ आश्विन २०८३, बुधबार

नेपालमा दैनिक ४२ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cigretकाठमाडौं, १७ जेठ । धूमपानका कारण नेपालमा दैनिक ४२ जनाले ज्यान गुमाउनुपरेको तथ्यांक सार्वजनिक भएको छ।

विश्व धूमपानरहित दिवसका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० वर्षमा धूमपानका कारण ज्यान गुमाउनेको संख्या दोब्बर बढेको जानकारी दिएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोग क्यान्सर, मुटु, मधुमेहलगायतका प्रमुख कारण धूमपानलाई लिने गरे छ। नेपालमा अझै पनि ३७ प्रतिशत भन्दा बढीले धूमपान गर्ने गरेको तथ्यांक छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन एेन कार्यान्वयनमा आउन नसक्दा धूमपान गर्नेलाई अझ प्रोत्साहन मिलिरहेको छ। विश्व धूमपानरहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी शनिबार मनाइँदैछ।

‘सूर्तीजन्य पदार्थमा करको दर बढाऔं र सुर्तीजन्य पदार्थको सेवन घटाऔं जीवन बचाऔं’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। अन्नपूर्ण पोष्ट दैनिकबाट