७ कार्तिक २०८३, शनिबार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, २५ वैशाख । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मुसहरी टोलमा आज भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । अनियन्त्रित भई पल्टिएको प्र २–०१–००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर मुसहरी टोलका राजिन पोद्दारका छोरा १९ वर्षीय शिवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

भित्री खेतमा जाने बाटोको धामिथान पोखरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले बताएका छन् । शिवको शवपरीक्षणका लागि राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।–रासस