७ कार्तिक २०८३, शनिबार

चुनावले गठबन्धनलाई जरैदेखि टकटक्याएर फ्याँक्नेछः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई वैशाख ३० गतेको निर्वाचनले टकटक्याएर फ्याँक्ने बताएका छन् ।

आइतबार नेकपा (एमाले) रुपन्देहीले बुटवलमा आयोजना गरेको वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकार बनेपछि एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा वजेट कटौती गरेर देशलाई टाँट पल्टाएको बताएका छन् ।

‘हामीले अघि सारेका योजना र कार्यक्रममा योमा पनि पैसा छैन, तयोमा पनि पैसा छैन भनेका छन्, एमालेले कहिल्यै पैसा छैन भनेन’, ओलीले भने, ‘गठबन्धन आएपछि अलच्छिन पस्यो देशमा, यसलाई जनताले वैशाख ३० गतेको चुनावमा जरादेखि टक्टक्याएर फ्याक्ने छन् ।’