काठमाडौं, १५ वैशाख । बैंकको एटिम कार्डबाट पैसा चोरेको आरोपमा एक फुटबल खेलाडी पक्राउ परेका छन् ।
कोरिंथियांस फुटबल क्लबका पूर्व मिडफील्डर रेगिनाल्डो रेविल्नो जांडोसोलाई एक एटीएम मसीनबाट पैसा चोर्दै गरेको अवस्थामा ब्राजिल प्रहरीले शनिबार पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार सस्था सिन्हुआका अनुसार ४१ वर्षीय रेगिनाल्डोलाई साओ पाउलोबाट करीब सय किलोमीटर दूरीमा रहेको अमेरिकाना सहरबाट पक्राउ गरिएको हो ।
उनले २००४ मा ब्राजीलियाई सेरी–ए टूर्नामेंटमा कोरिंथियांसबाट चार खेल खेलका थिए । त्यसको साथै आफ्नो खेल जीवनमा सांतोस र पोंटे प्रेटा क्लबबाट पनि उनले खेलिसकेका छन् ।
उनलाई प्रहरीले हिरासतमा राखेर अहिले थप अनुसन्धान गरिरहेको जनाइएको छ । एजेन्सी















प्रतिक्रिया