
पोखरा, २५ बैशाख । नेकपा (एमाले)ले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरी बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा आयोजना गरेको छ । सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
पोखराको अमरसिंह चौरमा बिहान ११ बजे हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । ओलीसँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्कीबासी जनसमुदायमा एमालेले अपील गरेको छ।















प्रतिक्रिया