७ कार्तिक २०८३, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ईलाम, २५ वैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय
किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलामनगरपालिका-७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरीले बुवालाई फोन गरी लिनबोलाएको अवस्थामा एक्लै पारी सहचालकले जबरजस्ती करणी उद्योग गरी फरार भएको भन्नेखबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको विषयलाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोहीगाडीका चालक नुवाकोट तारेकेश्वर गाउँपालिका-२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगानाको
बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।