७ कार्तिक २०८३, शनिबार

ज्योतिषीले असार १७ पछि गठबन्धन रहँदैन भनेका छन्: अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि गठबन्धन नरहने कुरा ज्योतिषीले बताएको टिप्पणी गरेका छन् । वैशाख ३० गते गठबन्धनका लागि ठूलो खड्को रहेको ओलीले बताए ।

‘असार १७ पछि गठबन्धन रहँदैन भन्ने ज्योतिषीको कुरा हो, मैले ज्योतिषीको कुरा भनेको । ज्योतिषी एउटा ग्रहदशा हेर्ने, एउटा राजनीति हेर्ने हुन्छन् । दुवै ज्योतिषीले गठबन्धनका अगाडि महासंकट आउँछ भनेका छन् । ज्योतिषीहरूले त गठबन्धनका लागि ठूलो खड्को वैशाख ३० मै छ भनेका छन् । ढाडै भाँचिने हुन्छ भन्ने ज्योतिषीको कुरा छ,’ आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने ।

त्यसबारे सोधिएको प्रश्नको जवाफमा ओलीले भने, ‘मेरो कुरामा विश्वास नलागे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्ना ज्योतिषीलाई सोध्न सुझाव दिन्छु ।’