७ कार्तिक २०८३, शनिबार

चितवनपछि सम्बोधन गर्न ओली बुटवल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार बुटवल आउने भएका छन्। आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरी बुटवलमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न ओली बुटवल आउने कार्यक्रम तय भएको हो।

बुटवलको देवीनगरस्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आमसभा गरिने नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए। चितवनको आमसभालाई सम्बोधन गरेपछि उनी यहाँ आउने कार्यक्रम छ।