७ कार्तिक २०८३, शनिबार

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

राजविराज, २५ वैशाख । सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी)मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिनुभयो ।–रासस