७ कार्तिक २०८३, शनिबार

प्रेस युनियनसहितका प्रेस संगठनले धम्की दिँदै विज्ञप्ति निकालेरै मागे गठबन्धनलाई भोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । पत्रकारिता निष्पक्ष हुनुपर्छ भन्ने आधारभूत सिद्धान्तलाई समेत कुल्चेर गठबन्धन दलसँग सम्वद्ध प्रेस युनियनसहितका संगठनहरुले गठबन्धनका उम्मेदवारलाई भोट मागेका छन् ।

शनिबार नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपाल अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेलले संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनका उम्मेदवाहरुलाई जिताउन अपील गरेका छन् ।

विज्ञप्तिमा धम्कीपूर्ण भाषा समेत प्रयोग गरिएको छ । ‘हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ । त्यसैले समयमै सचेत बनौं । हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने ? तसर्थ बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रुपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउन हामी हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

कुनै गुण र दोषका आधारमा कसैलाई समर्थन गर्ने वा नगर्ने स्वतन्त्रता पत्रकारमा हुनसक्छ । तर सांगठनिक रुपमै कुनै दल विशेषका उम्मेदवारहरुलाई जिताउन अपील गर्नुले पत्रकारिताको धज्जी मात्रै उडेको छैन पेशाकै मजाक बनाइएको छ ।

त्यति मात्र होइन निर्वाचन आयोगले पत्रकारलाई कसैको पनि पक्ष वा विपक्षमा नलाग्न अपील गरिसककेको अवस्था छ । त्यसैगरी प्रेस काउन्सिल नेपालले पत्रकारहरुलाई कुनै पनि अतिरञ्जित हुने किसिमका कार्य नगर्न सचेत गराइसकेको अवस्थामा गठबन्धनका दलहरुले विज्ञप्ति निकालेरै धम्कीपूर्ण भाषाको प्रयोग गरेर भोट माग्नुले पत्रकारिताप्रतिको पेशागत भरोसा नै गुम्ने स्थिति नबन्ला भन्न सकिन्नँ ।

हेर्नुस् विज्ञप्तिः