७ कार्तिक २०८३, शनिबार

मतदाता प्रभाव पार्न भरतपुरमा राज्यशक्तिको व्यापक दुरुपयोग, यस्तो छ अनियमितता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २४ वैशाख । नेकपा (एमाले)ले मतदातालाई प्रभावित पार्न राज्यशक्तिको चरम दुरुपयोग भएको जनाएको छ ।

चुनावी तयारी बारे जानकारी दिन एमाले प्रचार विभागले गरेको कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले निर्वाचन प्रभावित पार्न भूमि आयोगका नाममा जग्गाको निस्सा बाँड्ने र मतदातालाई धम्की दिने काम जनाएका हुन् ।

उनले जनताको मत लिन धम्की दिइएको र सिंगो राज्यशक्तिको दुरुपयोग गरेर भरतपुरमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र मन्त्रीको रिले दौड जारी रहेको बताए ।

एमालेले चितवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको चित्त बुझाएर, कन्भिन्स गरेर मत मागेर लिने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो, तर कुनै अमूक पार्टीको नेताको छोरीलाई मत नदिए देश नै दुर्घटनामा पर्छ भनेर जनता धम्क्याउनु अलोकतान्त्रिक र अमर्यादित हर्कत हो ।’

एमालेले भरतपुर महानगरपालिकामा निर्वाचनमा धाँधलीको ब्यापक सम्भावना भएकोले जनतालाई भयरहित वातावरणमा मतदान गर्न र मतको सुरक्षा गर्न माग गरेको छ ।

त्यस्तै, एमालेले भरतपुर महानगरमा व्यापक वेथिति र अनियमितता बढेको बताएको छ । एमालेले भरतपुर महानगरको नेतृत्वको गलत कार्यशैलीका कारण आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश र केन्द्र सरकारबाट आएको १५ करोड ५८ लाख, ७० हजार १११ रुपैयाँ फिर्ता भएको बताएको छ ।

कोभिड–१९ को महामारीको समयमा एक करोड ७५ लाख ३९ हजार रुपैयाँ खरिद प्रक्रियामा नगई टुक्रे खरिदबाट खर्च गरिएको र त्यसमा २६ लाख रुपैयाँ चिया खाजामा खर्च र जम्मा ४ लाख ९३ हजार मात्रै औषधि खरिदमा खर्च भएको देखाइएको एमालेले बताएको छ ।

कर्मचारी कल्याण कोषमा ऐन बनाएर मात्रै खर्च गर्नुपर्नेमा कानून नै नबनाई हचुवाको भरमा खर्च गरेर २ करोड ८३ हजार २ सय ७४ रुपैयाँ बेरुजु भएको एमालेले जनाएको छ ।

सार्वजनिक खरीद ऐन प्रयोग नगरी तोक आदेशको भरमा अवण्डा बजेट १९ करोड ५० लाख रुपैयाँ बजेटबाट तोक आदेशको भरमाबाट बाँडेको, पनि एमालेले बताएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाले लगेका पेश्की रकम ३ करोड ५३ लाख २८ हजार २ सय २३ रुपैयाँ बेरुजु रहेको, निजी अस्पतालहरुसँग मिलेमतोमा वास्तविक सुत्केरीलाई भत्ता नदिएको तर भुक्तानी दिएको देखाएको पनि एमालेले उल्लेख गरेको छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले भरतपुर–१ मा स्मार्ट पार्क बनाएको भुक्तानी ६४ लाख १९ हजार ५ सय ३० रुपैयाँ दिएको देखिएको तर फिल्डमा पार्क नै नभएको बताए । महानगरको अन्तिम बैठकबाट निर्णय गरी हचुवाका भरमा आफ्ना कार्यकर्तालाई ६ लाख ५५ हजार रकम बाँडेको एमालेले आरोप लगाएको छ ।

भरतपुर महानगरको विकास एक झर पानी पर्दा सारा भरतपुर डुब्ने खालको भएको भन्दै एमालेले दिगो विकासको कुनै योजना अहिलेको नेतृत्वसँग नभएको दावी गरेको छ ।