७ कार्तिक २०८३, शनिबार

वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि सत्तारुढ पाँच दलीय गठबन्धनको फुर्र्ति समाप्त हुने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ । मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’

त्यस्तै, उनले गठबन्धनबाट जतिसुकै ह्याण्डसम र ब्युटी उम्मेदवार उठाए पनि एमालेले नै जित्ने दावी गरे ।

उनले माधव नेपालप्रति कटाक्ष गर्दै भने, ‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एक÷एक कचौरा दूध दिएपछि शान्त छन् ।’

त्यस्तै, उनले माओवादीका अध्यक्ष प्रचण्डले चितवनको सभामा दिएको धम्कीपूर्ण अभिव्यक्ति पराजयको स्वीकारोक्ति भएको बताएका छन् ।

‘पुष्पकमल दाहालले दुर्घटनाको धाकधम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे । प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैँ बक्नुभएछ देउवाजी,’ ओलीले भने ।