
ललितपुर, २४ वैशाख । शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
समाज कल्याणका लागि सृजन चेमताङ र चन्दन कुमारले १–१ गोल गरे भने वीरगंजका लागि सृजनले १ गोल गर्न सफल भए । खेलको ३२ औँ मिनेटमा सृजनले गोल गरेर वीरगंजलाई अग्रता दिलाए ।
खेलको ६६ औँ मिनेटमा चन्दन कुमारले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काए । खेल १–१ गोलको बराबरीमा प्रवेश गर्यो । राकेश विश्वकर्माले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै समाज कल्याणलाई अग्रता दिलाए । यसपश्चात दुवै टोलीले गोल गर्न असफल हुँदा बाजी समाज कल्याणले मार्यो ।















प्रतिक्रिया