
-विवि श्रेष्ठ
तनहुँ, २४ वैशाख । नेकपा एमाले व्यास नगरपालिका वडा नं ५ का वडाध्यक्षका उम्मेदवार विष्णुकुमार श्रेष्ठ हिमालले युवालाई उत्पादनसँग जोड्ने बताएका छन् ।
व्यास ५ को चुदेरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले युवा पुस्तालाई उत्पादनसँग नजोडी परिवर्तन सम्भव नहुने बताएका हुन् ।
प्रविधिको प्रयोगगरि नयाँ पुस्तालाई उत्पादनमा जोडेर आत्मनिर्भर वन्न सकिने बताए । कृषिमा अपार सम्भावना रहेको छ तर यसको महत्व युवा पुस्तालाई बुझाउन नसक्दा युवा पलायन हुन बाध्य भएको हुँदा आफनो पहिलो योजना युवामैत्री हुने बताए ।
परम्परावादी उत्पादन प्रणालीले जीवनमा उल्लेख्य परिवर्तन गर्न असम्भव रहेको हुदाँ प्रविधियुक्त र व्यवसायिक उत्पादनमा लाग्न नेकपा एमाले वडा नं ५ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताए । निरन्तरताका नाममा नविनतम नहुँदा कृषकको जीवनस्तर उकास्न सकेन । त्यसैले हाम्रो पहिलो प्रयास युवा र उत्पादन सँगसँगै हुनेछ, श्रेष्ठले भने ।
चुनावी घरदैलोको क्रममा नेकपा एमाले तनहुँका जिल्ला कमिटी सदस्य प्रेम प्रसाद पौडेल, जिल्ला सल्लाहकार सदस्य दिपेन्द्र शाहीले चुनावी सभालाई सम्वोधन गरि नेकपा एमालेलाई जिताउन अपिल गरेका थिए ।
















प्रतिक्रिया