
काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन आम निर्वाचनसम्म रहने दावी गरेका छन् ।
उनले गठबन्धन आवश्यकता रहेको बताउँदै पाँच दलीय गठबन्धन आम निर्वाचनसम्म रहने बताए ।
शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’
त्यस्तै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट मुक्ति पाएको समेत दावी गरे ।















प्रतिक्रिया