१ कार्तिक २०८३, आइतबार

जिम्बावे ‘ए’ विरुद्ध नेपालको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । नेपालले जिम्बावे ‘ए’ ९ विरुद्ध सानदार जीत निकालेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदनामा भएको खेलमा नेपालले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जिम्बावे ‘ए’ विरुद्ध ९ विकेट जीत हासिल गरेको हो ।

जिम्बावे ‘ए’सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ‘ए’ लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

जिम्बावे ‘ए’ ले दिएको लक्ष्य नेपाले ११.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ६ चौका प्रहार गरे ।