७ कार्तिक २०८३, शनिबार

वाख्रा पालेर फेरिएको डिलुको जीवन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

तनहुँ, २४ वैशाख । व्यास नगरपािलका वडा नं ५ को चिन्तुटारमा बाख्रा पालेर रमाउँदै छिन् डिलु पुन ।

स्वदेशमा नै केही गरेर आत्मनिर्भर वन्न सकिन्छ भन्ने ध्येयका साथ वाख्रापालन शुरु गरेका डिलुका अहिले मुख्य आम्दानीको श्रोत बनेको छ उनको वाख्रापालन । श्रीमानसँग मिलेर वाख्रापालन गरेकी डिलुका खोरमाअहिले ४५ वटा वाख्रा छन् ।

परिवारको साथमा बाख्रा पालेर खुशी साथ बस्दै आएका डिलुका खोरमा जमुनापारी, खरी र वोयर जातकागरि ४५ वटा खसि, वोका र वाख्रा रहेका छन् । गोठ निर्माणमा आधुनिकतरिका अपनाई सम्पुर्ण सालको काठवाट निर्माण गरिएको उसको खोरको निर्माणमा मात्र १४ लाख लगानी भएको डिलु पुनले बताइन् ।

दीर्घकालिन रुपमा बाख्रापालन गर्ने सोचका साथ लाग्ने काठ सम्पुर्ण सालबाट निर्माण गरिएको हो, जसले गर्दा बलियो र टिकाउ हुने डिलु पुनले बताइन् । १२ आना जग्गामा निर्माण गरिएको खोरमा थप वाख्रापालनका लागि नयाँ गोठ निर्माण गर्न लागिएको समेत उनले बताइन् ।

वाख्रा पालनवाट परिवार पाल्दै सन्तुष्ठि जीवन बिताएका डिलुका वाख्राफर्मका लागि जिल्ला भेटनरी तनहुँवाट १ लाख सहयोग पाएको उनले बताइन् । घाँस, दाना, मकै र चोकर दानाको मुख्य आहार भएको हुदाँ नजिकको जंगलमा घाँस खेती गरिएको उनले बताए ।

करिव १० लाख बराबरको खसि वोका विक्रीको लागी योग्य भएको पुनले बताइन् । स्वदेशमा नै केही गर्ने हो भने घरमा गृहणी मात्रवन्नु नपर्ने बताइन् । व्यवसायिक वाख्रापालनले आत्मनिर्भरमा ठुलो टेवा पुगेको उनले बताइन् ।