
इटहरी, २४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाँडीचुडी खान गठबन्धन बनाएको टिप्पणी गरेका छन् ।
उनले वडामा समेत एमालेसँग निर्वाचन लड्न नसकेर नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतले गठबन्धन गरेको बताएका छन् ।
शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले गठबन्धनलाई टालाटुली बाटुलीको संज्ञा दिए ।
बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीले बताए ।
‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस’, उनले भने ।
अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रमा मान्छे देखिने तर एमालेकोमा विकास देखिने बताए ।















प्रतिक्रिया