७ कार्तिक २०८३, शनिबार

टोखा नगरपालिकामा बढ्यो चुनावी सरगर्मी, वडा नं २ मा धर्मेन्द्र श्रेष्ठको टिम बलियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २४ वैशाख । काठमाडौँ टोखागरपालिका वडा नं २ मा चुनावी सरगर्मी निकै बढेको छ। बैशाख ३० गते हुने निर्वाचनका लागि अहिले राजनीतिक दलका उम्मेदवारहरु घर दैलो कार्यक्रममा रहेका छन।

टोखानगरपालिका वडा नं २ मा नेकपा एमालेका तर्फ बाट वडा अध्यक्ष उम्मेदवार धमेन्द्र श्रेष्ठ र उनको टिम पनि अहिले घरदैलो कार्यक्रममा रहेको छ।

टोखानगरपालिकाका मेयर प्रकाश अधिकारी उपमेयर ज्ञानमाया डंगोल सहित वडा नं २ मा नेकपा एमालेका तर्फ बाट वडा अध्यक्ष उम्मेदवार बनेका धमेन्द्र श्रेष्ठ र उनको टिमले अहिले घरदैलो कार्यक्रममा गरि रहेको छ।

यस्तै वडा नं २ को विकास र समृद्धिका लागि प्रतिवदत्ता सहित घर घरमा पुगेका नेकपा एमालेका उम्मेदवारहरुलाई जनताले स्वागत सहित टिका लगाएर शुभकामना दिनुका साथै आफ्ना प्रश्नहरु पनि राखिरहेका छन।

वडा नं २ को विकास र वडावासीको हित नै आफ्नो मूल उदेस्य रहेको अध्यक्षका उमेदवार धमेन्द्र श्रेष्ठले बताएका छन् । मेयर उपमेयर सहित धमेन्द्र श्रेष्ठ र उनको उर्जावान नयाँ टिमलाई अहिले वडामा निकै न्यानो स्वागत भएको र टोखा २ एमालेमय बनेको चुनाब प्रचार समितीका संयोजक राष्ट्रमान श्रेष्ठले बताएका छन।

त्यस्तै टोखानगरपालिकामा ११ वटै वडामा एमालेका उमेदवार पुग्दा जनताको राम्रो प्रतिक्रिया पाएकोले आफुहरु निकै उत्साहित रहेको एमाले नगरकमिटीका अध्यक्ष सत्यनारायण डंगोलले बताए ।