७ कार्तिक २०८३, शनिबार

वीरेन्द्रनगरमा उपमेयरकी उम्मेदवार चढ्ने गाडीमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ वैशाख। कांग्रेस-माओवादी गठबन्धनकी वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ ।

माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका-६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति आगजनी भएको हो । नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो ।